यो अवस्था लामो रहँदैन’

आश्विन १२, २०७२- तराई–मधेसका दलहरु आन्दोलनरतसँग सरकारले वार्ता समिति तय गरेर वार्ता प्रक्रिया अघि बढाएकोमा भारतले खुसी ब्यक्त गर्दै दलको कदमको स्वागत गरेको छ ।
तराईका राजनीतिक दलका कारण नै भारतबाट सामान आउन नसकेको भन्दै भारतले सीमामा बन्द नगरेको दाबी गर्दै दलहरुबीच सहमति भएमा पारबाहनमा कुनै समस्या नभएको भारतले जनाएको छ ।
सरकार वा राजनीतिक दलले ‘अघोषित नाकाबन्द’ भनेकोप्रति आपत्ति जनाउँदै भारतीय राजदूत रणजित रायले सीमामा रहेका नेपाली जनताको कारण सामानहरु आउन नसकेको बताए । उनले यो आन्तरिक समस्या हो भन्दै दलहरुको छलफलबाट टुंगोमा पुग्ने बताए । उनले नेपालमा भारतबाट आयत हुने सामान भारतको कारण नभई नेपालकै कारण रोकिएको पटक पटक दोहोर्‍याएका छन् ।
भारत सरकारले नाकाबन्दी लगाएको होइन भने पनि जनताले उनीहरुको भनाईलाई स्विकार गरेका छैनन् । दूतावासकै संरक्षणमा रहेको नेपाल भारत मैत्री संघले आयोजना गरेको आयोजित कार्यक्रममा मंगलबार राजदुत रायले भने, ‘भारत नेपालको कुनैे एक जात वा समूहसँग सम्बध विस्तार गर्न चाहँदैन समग्र नेपालसँग सम्वन्ध बनाएर अघि बढ्न चाहन्छ । त्यस्तो बुझाई कही कतै छ भने म यसलाई स्पष्ट पार्न चाहन्छु ।’
भारत नेपालको जनतासँगको मित्रतालाई तोड्न वा असहज बनाउन चाहँदैन र कुनै ‘ए’ वा ‘बी’ समूहसँग भारत कुम जोडेर हिंड्दैन, उनले पटक पटक भने, ‘शान्त, समृद्ध र राजनीतिक स्थिर नेपाल चाहन्छौं ।’ संविधान जारीमा भारतको स्वागत र समर्थन नभएको होइन भन्दै उनले भने, ‘भारतले लोकतान्त्रिक विधि संख्याको आधारमा आएको संविधान अस्विकार गर्नै सक्दैन । भारत आफै लोकतान्त्रिक पक्षधर मुलुक हो । तर लोकतन्त्रमा संख्याको मान्यता उच्च हुन्छ तर ऐतिहासिक दस्तावेज आउँदा सबै बर्गको भावनलाई पनि समेटिएको हुन जरुरी छ।’
अहिलेको जस्तो अवस्था आउँदा दिनमा नआओस् भनेर भारत सचेत रहेको बताउदै भने, ‘भारतले कुनै सात वा आठ बुदे सुझाव दिएको छैन । आफ्नो समस्या सुल्झाउन मात्र भनेका हौं ।’ नेपालको सीमामा  समस्या हुँदा भारतलाई असर गर्छ छिमेक असान्त भएको हेर्ने भारतको चाहना छैन । वार्ता गरेर समस्या समाधान गर्न भारतले लगातार आग्रह गर्दै आएको उनले बताए ।
रणजीत रायले यसो भनिरहँदा भारतका लागि नेपालका राजदूत दिपकुमार उपाध्याय सुनिरहे । उनले नेपाल भारत समस्या समाधान हुन सकेन र आन्दोलनरत दललाई वार्ताबाट समाधान गर्न नसकिएको खण्डमा दुवै राजदुत असफल हुने बताए । ‘उहाँ भारतको कूटनीतिमा खारिएका र उज्वल भविष्य बोकेका अनुभवी कूटनीतिज्ञ हो । उहाँ असफल हुनुहुन्न भन्ने मेरो धारणा हो । म ४५ बर्ष राजनीतिमा विताएर  फरक अवस्थामा राजदूत भएको म असफल हुँदा राजनीतिमा फर्कने हो उहाँ हुँदा कहाँ जाने ?’
उपाध्यायले भारतीय राजदूत रायलाई देखाउँदै भने, ‘हामी दुवै जना  मिलेर समस्या समाधानमा लागेका छौं । सीमामा भएको समस्याको कारण यस्तो अवस्था आएको हो । म पनि तराईकै बासिन्दा र त्यही राजनीति गरेर आएको ब्यक्ति हुँ त्यहाको समस्या बुझेको छु । तर वार्ताबाट नै समाधान गर्ने हो । अर्को विकल्प छैन ।’