नेपालले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै शुक्रबार बिस्केकमा आयोजक किर्गिस्तानलाई
४–२ ले हराएर एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
यो जितसँगै छनोटको नजिक पुगेको नेपाल ६ अंकसहित समूह ‘बी’ को शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा जोर्डनलाई २–१ ले पराजित गरेको थियो । जोर्डनले शुक्रबार ओमानमाथि २–० को जित हात पार्यो । समूहमा ओमान र जोर्डनको ३–३ अंक छ । नेपालले छनोटको अन्तिम खेलमा आइतबार ओमानको सामना गर्नेछ । सुरुको ३१ मिनेटभित्रै २–० ले पछि परेको नेपाललाई सब्स्टिच्युट दिनेश हेम्जनले दुई तथा रेजिन सुब्बा र मनीष कार्कीले एक–एक गोल गर्दै ३ अंक दिलाएका हुन् ।
अभिषेक रिजालले गोलकिपरलाई छक्याउँदै कठिन कोणबाट प्रहार गरेको बललाई घरेलु टिमका डिफेन्सले क्लियर गरेका थिए । त्यसपछि किर्गिस्तानले नेपाली गोलकिपर अर्पण कार्कीलाई निकै व्यस्त राख्यो । कार्कीले २३ मिनेटभित्र ६ राम्रा बचाउ गर्दै नेपालको संकट टारेका थिए ।
नेपालले २५ औं मिनेटमा अग्रता लिने राम्रो अवसर पाएको थियो । तर, रेजिन सुब्बाले एक्लै अघि बढाउँदै प्रहार गरेको बल पोस्टमा लागेर फर्कियो । त्यस रिबाउन्डमा पनि नेपालले राम्रो अवसर पाएको थियो । त्यसमा गोललाइन नजिकबाट प्रजेन गुरुङले प्रहार गरेको बल पोस्ट बाहिर गएको थियो ।
आक्रामक देखिएको किर्गिस्तानले २९ औं मिनेटमा अग्रता लियो । पेनाल्टी क्षेत्र बाहिर प्राप्त फ्रि–किकमा बोरुबाइभ गुल्झिटले प्रहार गरेको बलले सीधै जाली चुम्न पुगेको थियो । त्यसको दुई मिनेटपछि नै किर्गिस्तानले पेनाल्टी पायो र त्यसमा सिगाबाइभ इमिरले गोल गर्दै घरेलु टिमको अग्रता २–० बनाए ।
अघिल्लो खेलमा ओमानसँग २–० ले हारेको किर्गिस्तानले पहिलो हाफमा नेपाललाई दबाबमा राखेको थियो । दोस्रो हाफमा भने नेपाली टिमले आक्रामक रूप लियो । रेजिन सुब्बाले ५२ औं मिनेटमा प्रहार गरेको बल किपरले मुस्किलले बचाए ।
कप्तान मनीष कार्कीले ५५ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काए । उनले रेजिनको पासमा पेनाल्टी क्षेत्र नजिकबाट बललाई पोस्टको दिशा दिएका थिए । त्यसपछि रेजिनले उत्कृष्ट कौशल देखाउँदै गोल गरेर ६७ औं मिनेटमा नेपाललाई २–२ को बराबरीमा पुर्याए । बराबरीपछि किर्गिस्तानी टिम केही सुस्तायो ।
दिनेशले बललाई उचाइ दिंदै गोल गरेर नेपाललाई ७३ औं मिनेटमा ३–२ को अग्रता दिलाए । उनले जोर्डनविरुद्ध २–१ को जितमा नेपालका तर्फबाट दुवै गोल गरेका थिए ।
अभिषेक रिजाललाई फल गरेपछि कप्तान मेलिसबेकोभ अजमतले ८५ औं मिनेटमा मैदान छाडेपछि किर्गिस्तान दस खेलाडीमा समेटिएको थियो । दिनेशले इन्ज्युरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित निश्चित गरेका थिए ।